२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

डब्ल्युएचओद्वारा मलेरियाको औषधीको प्रयोगमा रोक

6203 Shares
Spread the love

स्टकहोम। कोरोना संक्रमणको उपचारका लागि कुनै औषधी विकास नहुँदा मलेरियाको उपचारमा प्रयोग हुने औषधी हाइड्रोक्सिक्लोरोक्विन प्रभावकारी भएको दावी गरिएको थियो । उक्त औषधी धेरै जसो देशमा परीक्षणका रुपमा प्रयोग पनि हुन थाल्यो । तर अब विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोविड १९ को उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण प्रयोगमा रोक लगाएको छ ।

केही दिन अघि नै विश्वभरीको अनुसन्धान प्रकाशित गर्ने चर्चित पत्रिका द ल्यासेन्टले क्लोरोक्विन र एचसीक्यूबाट फाइदा भएको कुनै प्रमाण प्राप्त नभएको जनाएको थियो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोमले उक्त विश्व संस्थाको कार्यकारी समुहले हाललाई सोलिडेरिटी ट्रायल अन्तर्गत एचसीक्यू माथि अस्थायी रोक लगाएको छ । यसका लागि पहिला डाटा सेफ्टी मनिटरिंग बोर्डले सुरक्षा डाटाको समीक्षा गर्नेछ ।

परीक्षणको बाँकी काम पनि जारी रहने जनाएको छ । सोलिडेरिटी एक अन्तराष्ट्रियल क्लिनिकल परीक्षण हो जसले विश्व स्वास्थ्य संगठनको साझेदारीमा औषधीको प्रभाकारिताको परीक्षण गर्छ । सोलिडेरिटी परीक्षणमा उपचारका चार विकल्पको तुलना गरिन्छ । यसले कोविड १९ मा हुने असरको आंकलन गरिन्छ ।

मकोलाइड बिना वा त्यो सँगै पनि क्लोरोक्विन र एचसीक्यूको प्रयोगले कोविड १९ विरामीको मृत्युदर बढेको द ल्यासेन्टले दावी गरेको छ । पत्रिकाले ताजा अनुसन्धान करिब १५ हजार कोविड १९ विरामीमाथि गरिएको थियो । यसअघि अमेरिका सरकाले

विशेषज्ञहरुलाई पनि हाइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसकाको संक्रमण हुनु अघिका विरामीलाई काम नगर्ने सचेत गराएका थिए ।
केही दिन अघि मात्रै राष्ट्रपति ट्रम्पले हाइड्रोक्सिक्लोरोक्विन कोविड १९ का लागि गेमचेन्जर भएको बताएका थिए । आफुले उक्त औषधी सेवन गर्दै आइरहेको बताएर सबैलाई चकित पारेका थिए । ट्रम्पका स्वास्थ्य सल्लाहकार प्रमुख फसीले पनि हाइड्रोक्सिक्लोरोक्विन लाभ दायक नभएको बताएका थिए ।

प्रतिक्रिया