1818
Shares
काठमाडौं : ओमानसँग एसियाकप छनोटको पहिलो खेलिरहेको नेपालले ओमानलाई २२२ रनको विजय लक्ष्य दिएको छ । एसीसीको आयोजनामा मलेसिया क्वालालम्पुरको बायोमास रंगशालामा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनायो । नेपालका लागि सागर पुनले सर्वाधिक रन बनाए । पुनले ८४ बलमा ६ चौका र २ छक्कासहित ८३ रन बनाए ।