२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

वाग्मती प्रदेशसभाको बैठक सोमबार

1277 Shares
Spread the love

काठमाडौं । वाग्मती प्रदेशसभाको छैटौँ बजेट अधिवेशन (बैठक) सोमबार दिनको २ बजे हेटौँडामा बस्ने भएको छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारद्वारा आगामी बजेटका लागि प्रस्तुत गरिने बजेटको लागि आर्थिक पक्षको सैद्धान्तिक विषयमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले बताए।

उनले उक्त विधेयकमाथि १२ र १३ गते छलफल हुने पनि जानकारी दिए। वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आगामी जेठ १४ गते प्रदेशसभाको बैठकमा सरकारको आगामी आव २०७७ र ७८ का लागि सरकारद्वारा प्रस्तुत गरिने नीति र कार्यक्रमको सार्वजनिक गर्ने सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिए।

यस अधिवेशनमा नीति र कार्यक्रमाथि करिब पाँच दिनसम्म छलफलको कार्यक्रमका लागि समय निर्धारण गरिएको र आगामी असार १ गते प्रस्तुत गरिने बजेटको समीक्षाका लागि विभिन्न समितिमा छलफल गर्न अहिले तयारी गरिरहेको नेकपा संसदीय दलका प्रमुख सचेतक पाण्डेले जानकारी दिए।

बैठकका लागि सभाकक्षमा सामाजिका दूरी कायम गरी बस्ने कुर्सी र स्यानिटाइजरको व्यवस्था मिलाइएको र प्रदेशसभाको बैठकको समाचार सम्प्रेषणका लागि सञ्चारकर्मी बस्ने छुट्टै कक्षको पनि व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।

प्रदेशसभामा अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, साझा विवेकशील दल, राप्रपा संयुक्त र राप्रपा र एक स्वतन्त्र सांसदसहित १ सय १० सदस्यहरुले प्रतिनिधित्व गर्दै आएका छन् ।

प्रतिक्रिया