२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

राजाकाे तस्वीर भएका नोट नचलाउन राष्ट्र बैंकको निर्देशन

2417 Shares
Spread the love

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वराजाका तस्वीर अंकित नोट प्रयोगमा नल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरी पूर्व राजाको तस्बिर अंकित नोट चलन चल्तीको लागी बजारमा नपठाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले क्लीन नोट नीति अन्तर्गत सो निर्देशन जारी गरेको हो । यो निर्देशनसँगै बैंक तथा वित्तिय संस्थाहरुले पूर्वराजाको तस्बिर अंकित भएको नोट प्रयोगमा नल्याउने भएका छन् ।

नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टका अनुसार कुनैपनि नोटको निश्चित अवधि हुने र सो अवधिपश्चात् सो नोटको समय सकिने भएकोले राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।

‘राष्ट्र बैंकले सो परिपत्र जारी गरेपछि बैंकहरुले भने राजाको तस्बिर अंकित नोट बजारमा पठाउँदैनन् तर सर्वसाधरणसँग भएका नोटहरु भने बैंकले साट्ने छ, उनले भने।

उनले यो व्यवस्था एक बर्षअघिदेखि नै लागु भएको थियो अहिले राष्ट्र बैंकले केही परिष्कृत गरेर पुनः परिपत्र जारी गरेको जानकारी दिए ।

त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई झुत्रिएको, मक्किएको, जलेको गलेको चित्र तथा सुरक्षण विशेषहरु नबुझिने, वा रंग विग्रेको,च्यातिएको, छपाई विग्रेको नोटहरु पुन बजारमा नपठाउनका लागि निर्देशन दिएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाले अयोग्य नोटहरुलाई आफ्नो नोट कोष वा केन्द्रीय बैंकको पहुँचमा नभएका वित्तीय संस्थाले अन्य बैंकको नोटकोषमा जम्मा गर्नुपर्नेछ र जम्मा भएको अयोग्य नोटलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ ।

त्यस्तैगरी राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाले भुक्तानी गरी दिने नोटलाई तीन भागमा विभाजन गर्नुपर्ने छ ।

बैंकहरुले एटीएमबाट पठाउने रकमलाई हरियो, काउन्टरबाट पठाउनेलाई सेतो र अयोग्यलाई रातो रंगको क्लिप प्रयोग गर्नुपर्ने छ ।

यसरी भुक्तानी गर्न योग्य नोटलाई निश्चित प्रकृया अपनाई जिवाणु तथा भाइरस रहित गनुपर्ने व्यवस्था पनि गरिएको छ। साथै नोट राख्ने दराज तथा भल्ट पनि सफा राख्न, प्रकाश र हावा छिर्ने ठाउँ बनाउन निर्देशन राष्ट्र बैंकको छ ।

त्यस्तै राष्ट्र बैंकले नोटमा स्टिचको प्रयोग नगरी रवर वा प्लाष्टिकको वैन्ड प्रयोग गर्न र नोटमा केरमेट नगर्न पनि सर्वसाधरणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया