२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

भारतले नेपालको सिमानामा बाटो बनाउनु निन्दनीय छ : राप्रपा

1623 Shares
Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन्।

उनले शुक्रबार ट्विट गर्दै यसबारे अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गरेका छन् ।

यस्तै, केन्द्रीय सदस्य देवेन्द्र प्रधानले डिसी नेपालसँग कुरा गर्दै भने, ‘नेपाली आमाको छातिमा भारतको रजाइँ हुनु र नेपाल सरकार निरीह हुनु आपत्ति जनक छ।’ उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई देशमा थिको हस्तक्षप कदापी स्वीकार्य नहुने बताए ।

उनले भने, ‘राप्रपालाई विदेशीको यस्तो हस्तक्षप कदापी स्वीकार्य हुँदैन्। राप्रपा यस विषयमा भारतसँग अबिलम्ब कुरा गर्न नेपाल सरकारसँग माग गर्दछ।’

लकडाउनको कारण सार्वजनिक सभा समारोह गरेर विरोध गर्न नसक्ने अवस्था भएका कारण सामाजिक सञ्जाल र लगाएर सूचना र सञ्चार माध्यामलाई उपयोग गरी यस्तो कार्यको विरोध गर्ने बताएका छन् ।

प्रतिक्रिया