२०८१, ८ चैत्र शनिबार
×

ट्रेन्डिङ

माल्टामा आज कुनै नयॉं कोरोना संक्रमित भेटिएन

2424 Shares

यूरोप । माल्टामा ४५ दिनभन्दा अगाडी देखि लगातार फैलिएको कोरोना भाईरसको बिरामी आज पहिलोचोटी एक जना पनि नभेट्टाएको माल्टाबाट रहरमान तामाङले जानकारी दिए ।

७ मार्चदेखी लगातार देखिएको कोरोना भाईरसको बिरामी संख्या हालसम्म ४४८ रहेको छ । जसमध्ये आज थप ३३ जना निको भएको छ भने जम्मा निको हुनेको संख्या २८२ पुगेको छ । संक्रमित नेपालीहरुको संख्या २ रहेको छ । त्यसैगरी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।

अब बाकी १६२ जना निको हुने क्रममा रहेको बताएको छ।आज दैनिक पत्रकार सम्मेलनमा बोल्नुहुदै यहाँका स्वास्थ्यमन्त्री क्रिस फेर्न र पब्लिक हेल्थ सुपरिटेनडेन्ट चार्मेन गाउचीद्रारा सबै नागरिकलाई अझ केहिदिन सजक रहन आग्रह गरेको छ।हामी थप संक्रमणलाई मध्यनजर गर्दै बिभिन्न रोकावटहरुलाई खुकुलो बनाउदै लानेछौ भन्नुभयो।हाल माल्टामा कोरोनाबाट निको हुनेको दर युरोपमा नै राम्रो देखिन्छ ।

प्रतिक्रिया