२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

किम जोंग उनको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियामा दावी

1014 Shares

काठमाडौं। उत्तर कोरियाली नेता किम जोंग उनको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले दावी गरेका छन् । उनीहरुले विभिन्न स्रोतको हवाला दिँदै किमको मृत्यु भएको दावी गरिरहेका छन् । यद्यपि यस विषयमा उत्तर कोरियाले कुनै आधिकारिक जानकारी दिएको छैन । हिजो मात्र चीनको चिकित्सक टोली उत्तर कोरिया गएको समाचार आएको थियो । तर, चीनको समाचार एजेन्सी सिन्ह्वाले भने यस विषयमा केही भनेको छैन ।

हङकङ स्याटेलाइट टेलिभिजनकी उपनिर्देशक शिजियान जिंगजोउले निकै ठोस स्रोतलाई उद्धृत गर्दै सामाजिक संजालमा किम जोंग उनको मृत्यु भइसकेको लेखेकी छिन् । उनका चिनियाँ सोसल मिडिया विबोमा १५ मिलियन फलोअर छन् र उनी चीनका विदेशमन्त्रीमध्ये एककी भान्जी हुन् । जापानी मिडिया शुकान गेन्दाइले भने सर्जरीपछि किम अहिले शाकाहारी अवस्थामा रहेको बताएको छ ।

अद्दिकांश पश्चिमा मिडियामा किमको मृत्यु भइसकेको हल्लाका समाचारहरु आएका छन् , यद्यपि कसैले पनि यसको पुष्टि गरेका छैनन् । अधिकांश अमेरिकी र बेलायती मिडियाहरुले हङकङको स्रोत उल्लेख गरेका छन् जसले आफैं पनि बलियो स्रोत उल्लेख गर्दै किमको मृत्यु भएको भनेको छ । तर, उसले पनि त्यो स्रोत कुन हो भन्ने खुलाएको छैन । लगभग २ हप्तादेखि किम सार्वजनिक रुपमा देखिएका छैनन् । यससँगै उनको स्वास्थ्य गम्भीर भएको दावी गरिएको छ तर कुनै पनि दावीको पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया