२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

कोरोनाका कारण अमेरिकामा ४० हजारको मृत्यु

1067 Shares

काठमाडौं । अमेरिकी सरकारले कोरोना भाइरसका कारण समस्यामा परेका साना व्यवसायीहरुलाई आर्थिक सहायता दिने भएको छ ।

डेमोक्र्याट्स र रिपब्लिकनहरुले कोरोना कारण समस्यामा परेका साना उद्योगीहरुलाई आर्थिक सहायता गर्न सरकारलाई सहमति दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले डेमोक्र्याट्स र रिपब्लिकनहरुसँग आर्थिक सहायताका लागि सम्झौता हुन लागेको बताएका हुन् ।

गत महिना अमेरिकाले कोरोना भाइरसको महामारीबाट बच्नका लागि दुई खर्ब डलर भन्दा बढीको कोरोना भाइरस आर्थिक राहत योजना कोष स्थापना गरेको थियो ।

उक्त कोषमार्फत साना उद्योगी र व्यवसायीहरुलाई आर्थिक सहायता प्रदान गर्न सकिने राष्ट्रपति ट्रम्पले बताउँदै आएका थिए । यसैबीच कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी संक्रमित भएका छन् ।

अमेरिकामा कोरोनाका कारण ७ लाख ६५ हजार भन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४० हजार पाँच सय भन्दा बढी रहेको छ । विश्वभर २४ लाख पाँच हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् भने करिव एक लाख ६५ हजार मानिसको मृत्यु भइसकेको छ ।

चीनको वुहान शहरबाट गत वर्ष डिसेम्बरमा सुरु भएको कोरोनाका कारण विश्व प्रभावित भएको छ । विश्वभर विभिन्न देशले यसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गर्नुका साथै हवाई तथा स्थल सीमा नाकाहरु बन्द गरेका छन् ।

प्रतिक्रिया