२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

विश्वभर कोरोना संक्रमणबाट एक लाख ६५ हजारको मृत्यु, २४ लाख संक्रमित

1120 Shares

कठमाण्डौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ४० हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा ७ लाख ६४ हजार संक्रमित बनेका छन् ।

दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७८ हजार बढी संक्रमित छन् ।

उता स्पेनमा भने मृतकको संख्या २० हजार ६ सय नाघेको छ भने एक लाख ९८ हजारभन्दा बढी व्यक्ति संक्रमणको चपेटमा परेका छन् ।

फ्रान्समा १९ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ ।
त्यहाँ १ लाख २० हजार मानिस संक्रमित भएका छन् । फ्रान्समा १ लाख ५२ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् ।

विश्वभर १ लाख ६५ हजारभन्दा बढी मानिसको मृत्यु र २४ लाख ६ हजार व्यक्ति संक्रमित हुँदा ६ लाख २४ हजार व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किएका छन् ।

प्रतिक्रिया