२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

नेविसंघ चितवनद्वारा प्रहरीलाई माक्स, ग्लोव्स र साबुन सहयोग

1298 Shares

चितवन । नेपाल विद्यार्थी संघको ५१ औं स्थापना नेविसंघ चितवनले लकडाउनको समयमा पनि भब्य कार्यक्रम गरी मनाएको छ । नेविसंघका नेताहरुले बिश्वभर फैलिएको कोरोना संक्रमणको महामारीको बेलापनि राज्यले प्रहरीको तलब सुबिधा कटौती गरेको भन्दै त्यो गर्न नहुने सुझाव दिएका थिए ।

नेताहरुले कठीन परिस्थिमा उच्च मनोबलका साथका प्रहरी आफ्नो कार्य क्षेत्रमा अगाडी बढोस भनी हामीले जिल्ला प्रहरी कार्यालय चितवनलाई एक एक हजार हजार मास्क, ग्लोभ्स, साबुन, पिउने पानी हस्तान्तरण गरेको नेता श्रीकृष्ण लामिछानेले बताए ।

नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त सामाग्री बितरण कार्यक्रममा प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, प्रहरी नायव उपरीक्षक एकनारायण कोईराला एवं ने वि संघका जिल्ला अध्यक्ष सुर्य ढकाल, उपाध्यक्षहरु राजन दाहाल, विनिता चापागाई, अनमोल अधिकारी, प्रकाश भण्डारी, रोसन बस्नेत, सचिव गणेश रिजाल, विध्यार्थी नेता श्रीकृण्ण लामिछाने, जिल्ला सदस्यहरु रविन क्षेत्री, अशिस बस्नेत, स्वास्थकर्मी संघका उपाध्यक्ष कृष्ण पौडेल लगायतको उपस्थित थियो ।

सभापति श्रेष्ठले महामारीको बेला कसैले पनि राजनीति गर्न नाहुने भन्दै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायतको राज्यले मनोवल उच्च बनाउनुपर्ने बताएका थिए । नेविसंघका नेताहरुले आफूहरुले माहामारीको समयमा समस्यामा परेका नागरिकको उद्दारमा कुनै कसर बााकी नराख्ने बताएका थिए ।

नेविसंघका चितवन जिल्ला अध्यक्ष ढकालले मुलुकमा महामारी आएका बेला नेविसंघले स्वयम्सेवी रुपमा २४ सै घण्टा खट्न तयार रहेको बताउँदै आवश्यक परेको बेलामा आफूहरुलाई सम्झन जिल्ला प्रहरी कार्यालय चितवनलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया