२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

भारतमा एकै दिन ३८ को मृत्यु, ठुलो संख्यामा संक्रमित थपिए

1716 Shares

काठमाण्डौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३८ जनाको ज्यान गएको छ।

हालसम्म भारतमा १४ हजार ३ सय ५२ जना संक्रमित फेला परेका छन् । शुक्रबार मात्रै भारतमा ९ सय २२ जना संक्रमित फेला परेका छन् ।

संक्रमित मध्ये २ हजार ४१ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्तालहरुमा उपचार भइरहेको छ ।

हालसम्म भारतको स्वास्थय मन्त्रालयले ३ लाख ३५ हजार १ सय २३ जनाको कोरोना परीक्षण गरेको छ ।

प्रतिक्रिया