२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५० नाघ्यो, करिब १४ हजार संक्रमित

1389 Shares

एजेन्सी, बैशाख ५ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार सय ५० नाघेको छ । संक्रमितको संख्या पनि १३ हजार ८ सयभन्दा बढी भएको छ ।

अहिलेसम्म ४ सय ५२ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २४ घन्टाको अन्तरमा २३ जनाको मृत्यु भएको समाचार संस्थाहरुले जनाएका छन् ।

भारतको महाराष्ट्र राज्य कोरोना भाइरसबाट धेरै प्रभावित भएको छ ।

भारतमा मे ३ सम्म सरकारले लकडाउन गरेको छ । त्यसअघि पहिलो चरणमा २१ दिनको लकडाउन गरिएको थियो ।

प्रतिक्रिया