चितवन । प्रदेश सभा सदस्य बलराम पौडेलले राहतमा राजनीति भएको आरोप लगाएका छन् । सरकारले राहत बितरण गर्न स्थानीय तहलाई जिम्मेवारी दिएको भए पनि स्थानीय तहहरुले आफ्ना कार्यकर्ताहरुलाई मात्र राहत बितरण गरेको उनको आरोप छ ।
“बास्तबिक गरिव र मजदुरले राहत पाउन सकेका छैनन् ”सरकारले संक्रमणको समयमा सबै जनतालाई बराबर दृष्ट्रिले हेर्नु पर्नेमा त्यसो हुन नसकेको उनको भनाई छ ।
महामारीलाई नियन्त्रण गर्नका लागि लकडाउन आबश्यक रहेको भए पनि जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । कोरोना रोगको नियन्त्रणका लागि लकडाउन गरिएको भए पनि स्थानीय प्रशासनले शहर केन्द्रित मात्रै गरेको भन्दै ग्रामीण क्षेत्रमा यसको महशुश गराउनुपर्ने उनले बताए ।
“ग्रामीण स्तरमा साँझ बिहान वन्द खुले जस्तै गरि जनता सडकमा आउने काम रोक्नु पर्छ ।” यसले झन त्रास फैलाएको उनको भनाई छ ।