२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

दलको चश्मा लगाएर राहत वितरण नगरौँ, निश्चित मापदण्ड ताेकियाेस् : नेता पौडेल

1055 Shares
Spread the love

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले कोरोना भाइरसको महामारीका बेला दलको चश्मा लगएर राहत वितरण नगर्न सरकारलाई अग्रह गरेका छन् ।

काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले कोरोना भाइरसको महामारीका बेला मजदुर र बिपन्न समुदायलाई दलको चस्मा लगाएर नभई निश्चित मापदण्ड बनाएर वितरण गर्नुपर्ने बताएका हुन् ।

नेता पौडेलले बिपतको घडीमा लक्षित समुदाय लाभान्वित हुने गरि राहत वितरण गर्न र राहत वितरणको सूचना कार्यकर्तामा सिमित नराख्न आग्रह गरेका हुन् ।

नेता पौडेलले भनेका छन्, “मानवियता माथि खेलवाड गर्नु उचित होइन। देशभरि मजदुर र बिपन्न समुदायलाई राहत पुगेको छैन वितरण भएका केही ठाउँहरूमा भेदभाव भएको गुनासो सुनियो निश्चित मापदण्ड तय गरेर लक्षित समुदाय लाभान्वित हुनेगरी गरौँ बितरणको सूचना कार्यकर्तामा सिमित नहोस। दलको चस्मा लगाएर होइन निष्पक्षता कायम गरौँ।”

प्रतिक्रिया