२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीलाई गगन थापाका ११ प्रश्न

2272 Shares
Spread the love

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रमार्फत् ११ प्रश्न राखेका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधनलाई लिएर सांसद थापाले बुधबार प्रश्न राखेका हुन्। संसद स्थगित भएको अवस्थामा आफूले प्रधानमन्त्रीलाई पत्रबाट नै प्रश्न राख्नुपरेको थापाले उल्लेख गरेका छन्।

‘प्रधानमन्त्रीज्यू, संसद चलिरहेको भए तपाईंको सम्बोधन र सांसदसँगको प्रश्नोत्तर त्यहीँ हुन्थ्यो,’ थापाले भनेका छन्, ‘त्यो संभव नभएपछि हामी यसरी संवाद गर्न विवश छौं। तपाईंको सम्बोधनमा मेरा केही प्रश्न छन्, केहीमा थप स्पष्टताका लागि यही पत्रमार्फत् आग्रह गर्दछु।’कोरोनाभाइरस संक्रमण जोखिमसँग जुध्न सरकारको तयारी फितलो रहेको थापाको भनाइ छ। परीक्षण किट गुणस्तरहीन भएको उनले उल्लेख गरेका छन्। ‘परीक्षणका लागि आवश्यक जनशक्ति, तालिम र सुरक्षाको तयारी कस्तो छ?,’ थापाले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

दार्चुलापारि धार्चुलास्थित भारतीय भूमिमा नेपालीहरू असुरक्षित रहेको भन्दै थापाले नाका खुला गरी नेपाल भित्र्याएर अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्रीले सम्बोधनका क्रममा के सोचेर जीवन या वैयक्तिक स्वतन्त्रतामध्ये एक रोज्न आग्रह गरेको हो भन्नेबारे पनि थापाले प्रश्न गरेका छन्। ‘के वैयक्तिक स्वतन्त्रताविनाको जीवन कल्पना गर्न सकिएला?,’ सांसद थापाको प्रश्न छ, ‘यसबारे तपाईंले स्पष्ट पार्नु नै हुनेछ।’

हेर्नुस् थापाले प्रधानमन्त्रीलाई राखेका प्रश्न:

प्रतिक्रिया