949
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाबारे जानकारी दिने वेब एप बनाएको छ।
कांग्रेसले ‘कोभिड-१९ स्व-परीक्षण एप’ सोमबारदेखि सञ्चालनमा ल्याएको हो । प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले एप सञ्चालनमा ल्याएको हो।
उक्त एपमा कोरोनाबारे अत्यावश्यक जानकारीका साथै विश्व र नेपालको ताजा अपडेट पनि राखिएको प्रवक्ता शर्माले बताए।
विशेषज्ञ चिकित्सकहरुको परामर्शमा कांग्रेसको सूचना,संचार तथा प्रचार विभागले आज वेब एप सार्वजनिक गरेको छ,’ शर्माले भने।
नेपालमा हालसम्म ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएकोमा एक जना निको भइसकेका छन् भने बाँकी काठमाडौं र धनगढीमा उपचाररत छन् ।