२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

‘सरकार ! अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने ?’

582 Shares
Spread the love

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ती जारी गर्दै भन्नु भएको छ ‘
यसअघि संक्रमण देखिएका ६ जना सबै बिदेशबाट आएका नेपाली थिए । तर सातौंमा संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौं ।’

गम्भीर सतर्कता नपुग्नुको परिणाममा एक महिला संक्रमित बनेको भन्दै प्रवक्ता शर्माले समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार रोकिने प्रष्ट पार्नु भएको छ ।

सरकारलाई आग्रह गर्दै विज्ञप्तीमा अगाडि भनिएको छ‘ यस अघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समुहको परीक्षण, परीक्षण र परीक्षण, तत्काल, तत्काल र तत्काल गरौं । ’

बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न र सबै स्थानीय तह र स्थानीय प्रशासन मार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न पनि काँग्रेसले सरकारलाई सुझाएको छ ।

प्रतिक्रिया