२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सरकारलाई देउवाको प्रश्न आफ्नो देश आउन पनि नारा जुलुस गर्नुपर्ने

1816 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो देशमा आउनसमेत नारा जुलुस गर्नु परेको अवस्थाप्रति सरकारको जवाफ मागेका छन्। भारतबाट नेपाल फर्कन लागेका सैयौं नेपाली सीमामा रोकिएर नाराबाजी गरेपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।

दार्चुलासँग सीमा जोडिएको धार्चुलामा भारतबाट आएका नेपालीले आफ्नै देशमा प्रवेश नपाएपछि नाराबाजीमा उत्रेका छन्।  देउवाको सरकारलाई प्रश्न छ, ‘आफ्नो देशमा आउन पनि नारा जुलुस गर्नुपर्ने यो के हो

देउवाले दार्चुला सदरमुकामपारि भारतको धार्चुलामा रहेका नेपाल आउन नपाएकाहरुलाई नेपाल फर्काउन आग्रह गरेका छन्। उनले ट्विट लेख्दै नेपालीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया