२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

तत्काल ‘लकडाउन’ गरौं : डा. शेखर कोइराला

1361 Shares
Spread the love

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तत्काल ‘लकडाउन’ गर्न सरकारलाई सुझाव दिएका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणका लागि नेता कोइरालाले नाकाबाट भित्रनेहरुलाई १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्नुपर्ने बताए।

‘भारतीय नाकाबाट नेपाल भित्रिएका हजारौं नेपालीहरुलाई चेकजाँचको उचित व्यवस्था छैन।’ कोइरालाले नेपाल लाइभसँग भने, ‘सरकारले ती व्यक्तिहरुको लागि प्रभावकारी तरिकाले चेकजाँचको प्रबन्ध गरेर उनीहरुलाई १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्न लगाउँनुपर्छ।’ मौसमी रुघाखोकी र ज्वरोबाट संक्रमितहरुको ‘रेण्डम’ पद्धतिमार्फत् कोरोना भाइरसको परीक्षणको विधि तय गर्न सरकारलाई उनले सुझाव दिएका छन्।

यसैबीच, कांग्रेस नेता कोइरालाले विराटनगर–१२ मा मास्क वितरण गरेका छन्। कोरोना संक्रमणबाट बच्ने परामर्श दिँदै नेता कोइरालासहितकाे टोलीले मास्कसहित साबुन वितरण गरेकाे हाे।

विपन्न परिवारका सदस्यहरुलाई सचेतना फैलाउन मास्क वितरण गरिएको नेता कोइरालाले बताए। वडाका विभिन्न १३ टोलमा करिव चार हजार थान मास्क वितरण गरिएको थियो।

प्रतिक्रिया