२०८३, ८ कार्तिक शनिबार
×

जर्मनीमा दुईजना भन्दा बढी जम्मा हुन नपाउने, चान्सलर मर्केल क्वारेन्टानइनमा

975 Shares

बर्लिन । जर्मनीमा नोभोल कोरोना भाइरसको संक्रमणको तिव्रतालाई रोक्‍ने पहलस्वरुप दुईजनाभन्दा बढी एकै ठाउँमा भेला हुन रोक लगाइएको छ । एक संक्रमित व्यक्तिबाट धेरै व्यक्तिमा कोरोना संक्रमण फैलिनसक्‍ने भएकोले सामाजिक सम्पर्कलाई कम गर्न जर्मन सरकारले दुईजनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।

जर्मनीका चान्सलर एन्जेला मर्केलले सार्वजनिक रुपमा सुझाव दिँदै भनेकी छन्, “कोरोना संक्रमण कम गर्न हाम्रो व्यवहार नै सबभन्दा प्रभावकारी उपाय हो ।”

उनले सुझाव दिएको केही समयपछि उनको कार्यालयले मर्केल सेल्फ-क्‍वारेन्टाइनमा भएको जानकारी दिएको थियो । एक चिकित्सकले उनलाई शुक्रबार निमोनियाको खोप लगाएको थियो । निमोनिया गराउने व्याक्टेरियाको जाँच गराउने कोरोना पोजेटिभ भएको बताइएको छ । ६५ वर्षीया चान्सलर पछिल्लो केही दिनयता नियमित जाँच गराइरहेकी छन् र घरबाटै काम गरिरहेको उनका प्रवक्ताले जनाएका छन् ।

युरोपको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्‍ने जर्मनीमा हालसम्म १८ हजार ६१० संक्रमित देखिएका छन् भने ५५ जनाको कोभिड-१९ कै कारण मृत्यु भएको छ । – बीबीसी 

प्रतिक्रिया