796
Shares
काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने निजी विद्यालयहरूमाथि कारबाहीको माग गरेको छ ।
अध्यक्ष राजीव ढुंगानाले शुक्रबार विज्ञप्ति जारी गर्दै नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिइरहेका निजी विद्यालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “कोरोना संक्रमण हुन सक्ने जोखिमबाट सतर्कता अपनाउन देशभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न सरकारले निर्देशन दिइसकेको र एसईई जस्तो महत्त्वपूर्ण परीक्षा समेत स्थगित गरेको अवस्थामा विद्यार्थीहरूको स्वास्थ्य माथि गम्भीर खेलवाड गर्दै प्रवेश परीक्षा सञ्चालन गर्ने निजी विद्यालयहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्दै छौं ।”
