1482
Shares
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ५०० ले बढेर प्रतितोला रु ७५ हजार ५०० मा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन प्रतितोला रु ७५ हजारमा कारोबार भएको थियो ।
महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार २०० कायम गरिएको छ ।
यस्तै, शुक्त्रबार चाँदीको मूल्य पनि बढेको छ । आज, चाँदी तोलामा रु २० ले बढेर प्रतितोला ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।