२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

सामाजिक सञ्जालकाे विज्ञापनमा कर लगाउन सरकारलार्इ सुझाव

3809 Shares
Spread the love

संघीय संसद विकास तथा प्रविधि समितिले फेसबुकसहितका सामाजिक संजालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सामाजिक संजालको विज्ञापनबापत् ठूलो रकम बाहिरिएको भन्दै करको दायरामा ल्याउन संचार तथा सुचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई सुझाव दिएको हो । बैठकले अत्याधुनिक प्रविधिको प्रयोग गर्न सक्ने कानुनी व्यवस्थाका लागि संसदमा छिटो विधेयक पेश गर्न सरकारलाई सुझाव गरेको छ ।

सूचना र प्रविधिको भरपुर उपयोग हुनेगरी कानुनी व्यवस्था गर्न सरकारलाई छिटो विधेयक संसदमा पेश गर्न पनि सचेत गराइएको समितिका जेष्ठ सदस्य जिपछिरिङ लामाले जानकारी दिनु भयो ।
समितिले फोर जी सेवा विस्तार, टेलिकमको गुणस्तरमा सुधारलगायतमा देखिएको समस्या समाधानका लागि भइरहेका कामको विवरण १५ दिनभित्र पेश गर्न संचार तथा सुचना प्रविधि मन्त्रालयलाई सुझाव दिएको छ । काभ्रेमा रहेको आइटी पार्कलाई उद्देश्य बमोजिम प्रयोगमा ल्याउने वातावरण बनाउन सरकारलाई सचेत गराइएको समितिका जेष्ठ सदस्य लामाले बताए ।

प्रतिक्रिया