काठमाडौं । नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष स्व.गोपाल श्रेष्ठको १३ औ दिनको पुन्य तिथिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सभा सम्पन्न गरेको छ ।

शाेक मन्तव्य राख्दै काठमाडौं क्षेत्र नं ३ का सभापति एवम गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेले स्व.श्रेष्ठको निधनले काठमाडौं क्षेत्र नं ३ ले कर्मठ व्यतित्व र एउटा तारा गुमाएको ,उहाँको बाकी अधुरा सपना पुरा गर्न नेपाली कांग्रेस हरदम उहाहरुकाे साथमा रहने प्रतिवद्दता समेत व्यक्त गर्नुभयाे ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महत, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष संजय लामा लगाएतले शाेक मन्तव्य राखेका थिए ।
शाेक सभामा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महत , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का सभापति एवम गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसे, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ का सभापति उपेन्द्र कार्की , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ कि सचिव एबम गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपाल , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ क्षेत्रीय कोषाध्यक्ष एवम नेपाल मेडिकल कलेज आधिकारिक ट्रेड युनियनका अध्यक्ष किरण केसी , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ क्षेत्रीय प्रतिनिधि पुर्व जोरपाटी इकाई सभापति लाल बहादुर लामा, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ गोकर्णेश्वर नगर पालिका वडा नं ८ इकाइ सभापति एवम् वडा अध्यक्ष मनोज कुमार ढुंगाना,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एबम गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दिपक रिसाल , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ गोकर्णेश्वर नगर पालिका वडा नं ८ इकाइ कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष संजय लामा , गोकर्णेश्वर नगरपालिका ३ तरूण ईकाई उपसभापति अच्युत बिस्ट ,नेपाल दलित विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजु सुनार सहितका नेता कार्यकर्ता परिवार जन र सर्वसाधारणको उपस्थिति रहेको थियो

कार्यक्रम नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष संजय लामाकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।





