२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

पार्टीलाई बलियो बनाउन तल्लो तहबाट सङ्गठन विस्तार गर्नुपर्छ : नेता पौडेल

860 Shares
Spread the love

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई बलियो बनाउन तल्लो तहबाट नै सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेस शुक्लागण्डकी नगरपालिका–५ को भेलालाई मंगलबार सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले पार्टीलाई बलियो बनाउन तल्लो तहबाट सङ्गठन सुदृढीकरणको अभियान चलाउनुपर्ने बताए।

काँग्रेसका कार्यकर्तासँग मात्र नभई आम जनताको घर–घरमा पुगेर काङ्ग्रेसले अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । केन्द्रीय सदस्य पौडेलले वर्तमान सरकारको आलोचना बढेको भन्दै राम्रा भन्दा गलत क्रियाकलापमा सरकार फसेको आरोप लगाए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले नयाँ काम गर्न नसकेको बताउँदै नेता पौडेलले देशमा भ्रष्टाचार बढ्दा देश विकासमा पछाडि परेको चर्चा गरे। ‘दिनैपिच्छे विभिन्न काण्डका घटना सार्वजनिक भइरहेका छन्, यसको निष्पक्ष छानबिन गर्न आवश्यक छ’, नेता पौडेलले भने।

प्रतिक्रिया