२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

बालुवाटार पुगेर शेखर कोइरालाले प्रधानमन्त्रीको राजीनामा मागे

906 Shares
Spread the love

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदय शेखर कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीकै निमन्त्रणमा बालुवाटार पुगेका कोइरालाले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका हुन् ।

कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको दावेदार कोइराला देशैभरी घुमेर कार्यकर्ता भेटघाटमा व्यस्त छन् । उनी बुधबार बेलुका काठमाडौं फर्केलगत्तै प्रधानमन्त्रीले उनलाई बोलाएका थिए ।

प्रधानमन्त्री र कोइरालाबीच झण्डै दुई घन्टा कुराकानी भएको कोइरालाका सहयोगी दिनेश थपलियाले बताए । भेटघाटको सुरूमै कोइरालाले प्रधानमन्त्री ओलीको राजीनामा मागेको थपलियाले जानकारी दिए । करिब दुई घण्टा कुराकानीपछि कोइराला आजै गृहनगर विराटनगर गएका छन्।

प्रतिक्रिया