२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सांसदहरुको प्रश्न: ७० करोड भ्रष्टाचारको जवाफ प्रधानमन्त्रीले किन दिएनन् ?

1977 Shares
Spread the love

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकार सित माग गरीन् । उनले सरकारमा रहेका सरकारका प्रबक्ता एवम सुचना तथा सञ्चार मन्त्री गोकुलबँसकोटाले ७० करोडको घुस लेनदेनको अडियो प्रकरणमा सोधिएका प्रश्नको जवाफ प्रधानमन्त्रीले किन दिएनन् ? भन्ने प्रश्न समेत गरेकी छन् ।

सांसद भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारवाही गर्न जोड दिइन । सांसद राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट र विमला नेपालीले नेपालको सिमाना क्षेत्र जोगाउन सरकारको ध्यानाकषर्ण गराए ।

सांसद मीना सुब्बाले रु ७० करोड भ्रष्टाचारको चलखेल हुँदा सरकार किन चुप रहेको प्रश्न गरे । सांसद यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रङ्गमति शाही, रामबहादुर बुढा क्षेत्री, राजेन्द्रकुमार केसी, रेणुका गुरुङ, लक्ष्मणलाल कर्ण र लक्ष्मी परियारले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया