2114
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र बचाउका लागि अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
उनले प्रजातन्त्रका लागि कुनैपनि समयमा अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने भन्दै नेताहरुलाई एकजुट हुन आग्रह गरे । कुनैपनि किसिमको हिंसाबाट मुक्त समाज स्थापित गराउन र प्रजातन्त्रको खिलापमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने समेत उनले बताए ।
सभापति देउवाले कांग्रेसभित्र केही विवादहरु देखिएपनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको समेत बताए । तर राष्ट्रको हितका लागि कांग्रेस सधैं एकजुट भएर लडाई लडेको भन्दै अब पनि अन्तिम लडाईं लड्न तयार रहेको बताए ।