२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

कम्युनिस्ट अधिनायकवादविरुद्ध कांग्रेसको अन्तिम लडाइँ : देउवा

1389 Shares
Spread the love

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट अधिनायकवाद विरुद्ध अन्तिम लडाइँ लड्न कांग्रेस तयार रहेको बताएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री स्व. महेन्द्रनारायण निधिको ९८औं जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृत प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।

विगतमा पार्टीभित्र वहुमतले सशस्त्र संघर्षको निर्णय गर्दा त्यसको विरोधमा उभिएर सत्याग्रहको तयारी गरेका महेन्द्रनारायण निधिलाई तत्कालिन राजा महेन्द्रले २० वर्ष जेल हालेको प्रसंग निकाल्दै देउवाले अलिहेको कम्युनिष्ट सत्ताले शान्तिपूर्ण आन्दोलन समेत गर्न नदिएको आरोप लगाए।

‘हामीले अन्तिम लडाइँ लड्नुपर्ने अवस्था आउँदैछ। देशमा प्रजातन्त्रको स्थायित्व र राष्ट्र हितमा निधिकै दर्शनमा अघि बढ्नुपर्ने अवस्था आउँदैछ,’ सभापति देउवाले बताए । देउवाले पार्टीको आन्तरिक झगडा बारे पनि प्रकाशमान सिंह लगायत नेताहरुलाई लक्षित गर्दै टिप्पणी गरेका थिए । पार्टीभित्र विगतदेखि धेरै समस्याहरु रहँदैआएको भन्दै त्यसलाई मिलाएर आफू अघि बढ्न कोसिस गरेको बताए।

कार्यक्रममा प्रतिष्ठानका मानार्थ अध्यक्ष तथा कांग्रेस उपसभापति निधिले लोकतन्त्र, संघीयता, जनअधिकार, मानव अधिकारको सिद्धान्तप्रति विश्वास नगर्ने कम्युनिस्टको जनवादी केन्द्रीयताले सिंगो मुलुक र राज्यका सबै निकायलाई कम्युनिस्टकरण गर्न लागिरहेको आरोप लगाए।

प्रतिक्रिया