783
Shares
पर्वत, फागुन १० । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीकै संरक्षणमा तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा ‘बार्गेनिङ’ गरेको आरोप लगाएका छन् ।
शनिबार पर्वतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ‘कमिसन’को विषयमा आएको ‘अडियो’को बारेमा थाहा भएर पनि चुप लागेर बस्नुले प्रधानमन्त्रीकै संलग्नता देखिएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार गर्दिनँ’ भनेर जतिसुकै प्रतिबद्धता जनाएपनि मन्त्रीहरुको ध्यान भने भ्रष्टाचारमै केन्द्रित भएको भट्टराईको भनाइ थियो ।
वर्तमान सरकार भ्रष्टाचारको दृष्टिकोणले इतिहासकै नमुना भएको समेत उनले उल्लेख गरे ।