२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

बालकोटस्थित ओलीको घरमा शुभचिन्तकलाई के भने बाँस्कोटाले ?

1103 Shares
Spread the love

काठमाडौं। कार्भेबाट नेकपाका सांसद गोकुल बाँस्कोटाले बिहीबार घुस प्रकरणमा मुछिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका छन्।

राजीनमा दिएपछि भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी घरमा बस्दै आएका बाँस्कोटाले आफ्ना शुभचिन्तकहरुसँग आफ्नो दुःख ढुक्कसँग पोखेका छन्।

उनले त्यहाँ आफ्ना शुभचिन्तकहरुसँग ‘जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, केके होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो। तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो। यसमा अब अख्तियार, सीआइबी, संसद र पार्टीले पनि छानविन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ। मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु।’

प्रतिक्रिया