1119
Shares
लण्डन : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ऋषि सुनकलाई अर्थमन्त्रीको रुपमा नियुक्त गरेका छन् ।
३९ वर्षीय सुनक यसअघि मुख्यसचिवको भुमिकामा थिए । सजिद जबिदले राजीनामा दिएपछि सुनक अर्थमन्त्रीको रुपमा आएका हुन् । जबिदले यही बिहीबार राजीनामा दिएपछि सुनकले नयाँ जिम्मेवारी पाएका हुन् ।
जोन्सनको नयाँ क्याबिनेटमा मन्त्री बन्ने सुनक तेस्रो भारतीय मूलका नेता हुन् । यसअघि प्रिति पटेल र आलोक शर्मा मन्त्रीमा नियुक्त भइसकेका छन् । यसअघि मन्त्री बनेकी प्रति पनि युवा वर्गको प्रतिनिधित्व गर्ने नेतृ हुन् । बोरिस जोन्सनले भारतीय मूलका युवा जमातलाई अघिल्ला प्रधानमन्त्री भन्दा बढी महत्व दिएका छन् ।