पूर्व सांसद एवं नेपाली काँग्रेसका नेता योगेन्द्र चौधरीले पार्टी उपसभापति बिजयकुमार गच्छदारले भ्रष्टाचार मुद्धाबाट सफाई पाउने दाबि गरेका छन । कालिका न्युजसंग कुराकानी गर्दै गच्छदार निकट नेता चौधरीले यस्तो दाबि गरेका हुन ।
ललिता निवास प्रकरणमा सत्तारुढ नेकपाका महासचिव बिष्णु पौडेललाई उन्मुक्ति दिएको भन्दै चौधरीले अख्यिारको नियतमै प्रश्न गर्नुभयो । चौधरीले भन्नुभयो – ‘म चोर हुँ, गल्तिवस चोरेँ, अब फिर्ता गर्छु भन्दैमा कसैले उन्मुक्ति पाउँछ ?’ । अख्तियारप्रति क्रुद्ध चौधरीले थप्नुभयो –‘जति चोरे पनि चोर नै हो, बदनियत थिएन भनेँ पौडेलले जग्गाा किन फिर्ता गरे ? ।’
बदनियतपूर्ण मुद्धा सच्याएर आँफ्नो साख जोगाउन अख्तियारलाई उहाँको सुझाव छ । गच्छदारलाई फँसाउन सरकारले अख्तियार र सर्वोच्च अदालतलाई समेत प्रभावमा पारेको चौधरीले जिकिर गर्नुभयो । यदि साँच्चै छानबीन गर्ने र दोषी पत्ता लगाउने हो भनेँ यसमा प्रत्यक्ष जोडिएका हाई प्रोफाईलका सबैलाई मुद्धा चलाउनुपर्नेमा पूर्व सांसद चौधरीको जोड छ ।
अख्तियारले बुधवार पूर्व उपप्रधानमन्त्री गच्छदारसहित १ सय १० जना बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचार संवन्धि मुद्धा दायर गरेको थियो । मुद्धा दायर भएसंगै काँग्रेस संसदिय दलका उपनेता समेत रहेका गच्छदारको सांसद पद स्वतः निलम्वन भइसकेको छ ।