२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

‘नेतृत्वले आफूखुसी गर्दा विवाद’

647 Shares
Spread the love

वीरगन्ज, माघ २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रका विवाद समाधानका लागि तोकिएको समयमै १४औं महाधिवेशन गर्न जरुरी रहेको बताएका छन् ।

प्रेस युनियन पर्साले मंगलबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले पार्टी नेतृत्वले विधानलाई पाखा लगाएर आफूखुसी गर्दा विवाद देखिएको आरोप लगाए ।

नेता सिंहले विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट अन्त्य हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया