२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सन्चारमन्त्री बाँस्कोटाको राजीनामा माग

1015 Shares
Spread the love
सांसद प्रेम सुवाल ।

काठमाडौं, माघ २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलले एनसेलको लाभकर, यती समूहलाई भाडामा दिएको सरकारी जग्गा र ‘वाइडबडी’ विमान खरिद प्रकरणबारे सदनलाई यथार्थ जानकारी दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सार्वजनिकरुपमा यी विषयमा विभिन्न टीका–टिप्पणी भइरहेको भन्दै सदनलाई यथार्थ जानकारी दिन माग गरेका हुन् ।

कसले के भने ?

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्नलाई तत्काल कानुनी कठघरामा ल्याउन माग गरिन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘एमसीसी’का सम्बन्धमा सरकारका प्रवक्ताले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनको राजीनामा माग गरे । उनले सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा मागेका हुन् ।

यस्तै, सांसदहरु दुर्गा पौडेल, देवप्रसाद तिमिल्सिनाले सरकारसँग सहमति भएपछि पनि उखु किसानले भुक्तानी पाउन नसकेको भन्दै तत्काल भुक्तानी दिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरु दिलकुमारी र पवित्रा निरौला खरेलले निर्माण सामग्री जुटाउने नाममा खोला, नदी र चुरेको दोहन भइरहेको भन्दै यसलाई तत्काल रोक्न माग गरे ।

सांसद डिला संग्रौलाले मेडिकल कलेजहरुले सहमतिविपरीत बढी शुल्क उठाइरहेको भन्दै सहमति कार्यान्वयनबारे सरकारको जवाफ माग गरिन् ।

विधेयक पेस

मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक’, ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक’ र ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७६’ पेस गरेका छन् ।

शोकप्रस्ताव पारित

बैठकले २०४८ सालमा राष्ट्रियसभामा निर्वाचित सदस्य एवं नेपाली कांग्रेसका नेता श्रीराम श्रेष्ठको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया