२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

अन्यायमा परेकाले न्याय खोजें : पौडेल

1375 Shares
Spread the love

काठमाडौं, माघ १४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएका प्रतिकूल विधेयकहरु फिर्ता गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले ‘लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता’ विषयमा मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रेस स्वतन्त्रताविरुद्ध हुनेगरी ल्याइएका विधेयकहरुको कांग्रेसले कडा प्रतिवाद गर्ने बताए ।

चेतावनी

नेता पौडेलले संविधानले दिएको अधिकारलाई कुन्ठित गरेर ल्याइएको विधेयकले लोकतन्त्रको उपहास गरेकाले त्यसकाविरुद्ध सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिए ।

लोकतन्त्रमाथि चौतर्फी प्रहार भएकाले त्यसको रक्षाका लागि सबै एक ठाउँमा आउनुपर्ने उनको भनाइ थियो ।

मिडियालाई दन्डित गरेर नागरिक अधिकार हनन् गर्ने सरकारको नियत रहेकाले त्यसलाई सफल हुन नदिने चेतावनीसमेत उनले दिए ।

‘अन्यायमा परेकाले न्याय खोजें’

उनले कांग्रेसभित्र भएको सहमति भागबन्डाको नभइ वैचारिक भएको पनि प्रस्ट पारे ।

आफूले पार्टीमा निहुँ खोजेर विवाद बढाएको नभइ अन्यायमा परेकाले पार्टीभित्रैबाट न्याय खोजेको जिकिर गरे ।

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डे, नेता शोभाकर पराजुली, नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनिल पोखरेल, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायतले सूचना प्रविधि विधेयक नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएकाले त्यसकाविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया