२०८३, ८ कार्तिक शनिबार
×

भाजापा अध्यक्षमा जपी नड्डा चयन

3216 Shares

काठमाडाै‌ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजापा)को नेतृत्व जगत प्रकाश नड्डन (जेपी) ले सम्हालेका छन्।
सोमबार निर्वतमान अध्यक्ष अमित शाहले नड्डालाई भाजपाको अध्यक्षको पदभार हस्तान्तरण गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

कार्यकाल बाँकी रहे पनि गृहमन्त्री भएसँगै अमित शाहले पार्टी नेतृत्व छाडेका थिए। भाजपामा एक व्यक्ति, एक पदको व्यवस्था भएकाले शाहले पार्टीको नेतृत्व छोडेका हुन्।

भारतको सबैभन्दा ठूलो दल र सत्तारुढ दल भाजपाको नेतृत्व सम्हाल्दै नड्डाले भाजपा नेतृत्वको सरकारले भारतमा आगामी दिन पनि शासन गर्ने बताएका छन्।
भाजपामा एक पद एक व्यक्तिको परम्परा नितिन गडकरीबाटै शुरु भएको हो। गडकरी मुख्यमन्त्री भएपछि राजनाथ सिंह अध्यक्ष भएका थिए। सिंह मन्त्री भएपछि शाह अध्यक्ष भए। शाह मन्त्री बनेपछि नड्डा अध्यक्ष भए।

कट्टर हिन्दुवादी पार्टी भाजापमा सबैभन्दा लामो समय अध्यक्ष रहने व्यक्ति पार्टीका संस्थापक मध्येका एक लालकृष्ण आड्वाणी हुन्। उनले लामो समय भाजपाको अध्यक्ष बनेका थिए।

नड्डा अध्यक्ष बनेकोमा दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले शुभकामना दिएका छन्। राजदूत आचार्यले नड्डाको कार्यकालमा नेपाल–भारत सम्बन्ध थब बलियो हुने विश्वास व्यक्त गरेका छन्।

आचार्यले ट्वीटरमा लेखेका छन्, ‘माननीय श्री@JPNadda जी को हार्दिक बधाई, भारतीय जनता पार्टी का राष्ट्रिय अध्यक्ष पद पर पूर्ण सफलता की शुभ कामनाएँ। नेपाल के प्रति आपका मैत्रीभाव और भावनात्मक निकटता है। पूर्ण विश्वास है, आपके नेतृत्त्व काल में नेपाल(भारत सम्बन्ध और व्यापक व मजबूत होंगे। आपका कार्यकाल शुभ रहे।’

प्रतिक्रिया