२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

आन्तरिक विवाद समाधानका लागि कांग्रेसका नेताहरुबीच छलफल

956 Shares
Spread the love

काठमाडौं। पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि कांग्रेसका नेताहरुबीच छलफल भएको छ। सोमबार पार्टी कार्यालय सानेपामा भएको छलफल पार्टीभित्र देखिदएको आन्तरिक विवाद समाधान गर्ने विषयमा केन्द्रित थियो।

कांग्रेस उपसभापति बिमलेन्द्र निधि, पूर्व महामन्त्रीद्वव कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहबीच आन्तरिक विवाद समाधान गर्ने विषयमा छलफल भएको हो।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा एकपछि अर्को निर्णय गर्दै गएपछि संस्थापन इतर पक्षले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ। संस्थापन पक्षले एकतर्फी रुपमा विभागको संख्या बढाएको र महाधिवेशनको मिति तोकेपछि संस्थापनइतर पक्ष असन्तुष्ट बन्दै आएको छ।

केही दिन अगाडि असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको काठमाडौंमा जारी भेलाले विधान अनुसार चल्न नेतृत्वलाई दबाव दिएका थिए। जिल्ला सभापतिहरुसँगको भेटमा सभापति देउवाले आफू सबैलाई मिलाएर लैजाने पक्षमा रहेको बताएका थिए।

प्रतिक्रिया