काठमाण्डौं। गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाको आठौ बार्षिक साधारण सभा गत शनिबार पौष २६ गते सम्पन्न भएको हो ।
उक्त बार्षिक साधारण सभाको प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए।

त्यस्तैगरी बिषेश अतिथिमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नेफ्स्कुनका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, नेपाल दलित बिद्यार्थी संघ केन्द्रीय अध्यक्ष युवा नेता राजु सुनार , नेफ्स्कुन का केन्दीय संचालक सदस्य न्ह्युछे नारायण श्रेष्ठ मिलन सहकारी अभियन्ता तथा कास्कुन पुर्व कोषाध्यक्ष गोबिन्द काफ्ले,नेपाल कोअपरेटिभ एलाइन्सका जिल्ला सचिब सनोज भट्टराई,एन सी सी बैक का प्रतिनिधि सिला न्यौपाने , विभिन्न् सहकारी संस्थाका प्रतिनिधि गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी लगायत संस्थाका सेयर सदस्यहरुको उपस्थित रहेको थियो।

कार्यक्रमको अध्यक्षता गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोशन बाबु श्रेष्ठले गरेका थिए।
कार्यक्रममा नेफ्स्कुनका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, नेपाल दलित बिद्यार्थी संघ केन्द्रीय अध्यक्ष युवा नेता राजु सुनार ,नेफ्स्कुनका केन्दीय संचालक सदस्य न्ह्युछे नारायण श्रेष्ठ ,लगायतले शुभकामना मन्तब्य राख्दै निक्षेप र कर्जामा केन्द्रित भएर काम गर्ने हुनाले सहकारीको माध्यमबाट आर्थिक परिवर्तन हुने जानकारी दिँदै राज्यको क्षेत्रबाट सहकारीलाई ध्यान दिन अनुरोध गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै थप सफलताको शुभकामना ब्यक्त गरेका थिए।
गोकर्णेश्वर नगरपालिकालाइ समृद्द बनाउनको लागि सहकारीको बिशेष भूमिका रहेको बताएका थिए। सहकारी संस्थाले छोटो समयमै राम्रो प्रगती गरेको र यस क्षेत्रकै राम्रो सहकारी बन्ने तर्फ अगाडी बढिरहेको बताउदै सहकारीको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।

कार्यक्रममा गोकर्ण बचत तथा ऋण सहकारी संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीहरु सुनिता भुजेल, अजिता ढकाल ,जुली लामा, सरस्वती ओझा,दुर्गा धिताल बिष्ट, रुपा चापागाई र दुर्गा गौतमलाइ नगर प्रमुख द्वारा सम्मान गरिएको थियो ।त्यसै गरि उत्कृष्ट बचतकर्ताहरु नवराज गौतम, मुकुन्द खड्की, लक्ष्मी श्रेष्ठ ,परशुराम सेढाई,लेख बहादुर रायमाझी,चनमाया श्रेष्ठ,भिम बहादुर कार्की,सुर्यलाल प्रजापति,मेनुका कटुवाल,प्रकाश बस्याल,सर्मिला तिमिल्सिना,रजनी खतिवडा,अनुप श्रेष्ठ र रेश्मा डंगोललाइ सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोशन बाबु श्रेष्ठले आर्थिक बर्ष २०७५/०७६ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सदस्यहरुको आवश्यकतालाइ सहजै पुरा गर्नको निम्ति विभिन्न् बचतका प्रकारहरु ल्याएर ऋण लगानी गर्न संस्था सफल भएको बताउदै यसै वर्ष सेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश घोषणा समेत गरेको जानकारी गराएका थिए ।

काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धमा सदस्य सेवा केन्द्रको स्थापना गर्न सफल भएको बताउदै , संस्थाले साधारण बचत खाता, गोकर्ण बिशेष बचत, गोकर्ण नारी सम्मान बचत खाता, गोकर्ण ज्येष्ठ नागरिक बचत ,खुत्रुके बचत खाता, मासिक बचत महिला समूह बचत, जस्ता बचत योजना लागु गरेको त्यसै गरि महिला समूह कर्जा,सामुहिक जमानी कर्जा पनि दिदै आएको बताए ।

यसै आर्थिक वर्ष देखि दिर्घकालिन निक्षेप योजना संचालन गर्न लागिएको जानकारी गराए उनले संस्थामा कार्यरत कर्मचारीहरुलाई क्रमश स्थायी गर्ने प्रक्रिया अघि बढाइनेर संस्थाको आफ्नै भवन निर्माण गर्नको लागि यसै बर्ष उप समिति गठन गरि जग्गा खरिद गरिने पनि बताए ।उनले यसै वर्ष शेयर पुजीलाई १८,०००,००० पुर्याइने र निक्षेप योजनामा १५,०००,००० पुर्याई ऋण पनि सोहि अनुपातमा लगानी गरिने बताए उनले विप्रेषण सुबिधालाइ थप प्रभाबकारी बनाइने पनि बताए ।

सस्थाको गरिमालाई उच्च बनाउन सहकार्य र सदभावका साथ लागि परेकोमा बचतकर्ता, सेयरधनी , ऋणदाताहरु , कर्मचारीहरु र ८औं साधारण सभामा उपस्थित सबैलाई धन्यबाद दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथिहरु लगायतलाइ संस्थाको तर्फ बाट मायाको चिनो प्रदान गरिएको थियो ।



