२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेविसङ्घको उपत्यका स्तरीय स्वबियु निर्वाचन तयारी छलफल सम्पन्न

1197 Shares
Spread the love

काठमाडौं, ३ माघ २०७६ । नेविसङ्घको त्रिभुवन विश्वविधालय समिति केन्द्रिय क्याम्पस किर्तिपुरद्वारा आयोजित उपत्यका स्तरिय स्वबियु निर्वाचन तयारी छलफल सप्पन्न भएको छ । विश्वविधालय अध्यक्ष हरि आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त छ्लफलमा उपत्यका स्तरीय तयारी छलफलले विभिन्न क्याम्पसको अवस्था बुझ्दै ४ बुदे निर्णय गरेको नेबि संघ विश्वविधालय सचिव योगेन्द्र रावलले जानकारी दिनुभयो ।

१. त्रिभुवन विश्वविधालय कार्यकारी परिषदले फाल्गुन-१४ गते गर्ने स्वबियु निर्वाचनलाई यो बैठक स्वागत गर्दै अबिलम्ब स्वबियु निर्वाचन कार्यतालिका माग्ने निर्णय गर्दछ ।

२. सम्पुर्ण शक्ति स्वबियु निर्वाचनमा होमिनको लागि देश भरका नेबि संघ सम्बद्ध विद्यार्थी साथीहरुलाई क्याम्पस/क्याम्पसमा जुट्न अपिल गर्दछ ।

३. मातृपार्टी नेपाली कांग्रेसलाई स्वबियु निर्वाचन सम्पन्न गर्न सहजताको निम्ति अबिलम्ब तदर्थ केन्द्रिय समिति गठन गर्न माग गर्दछ ।

४. नेबि संघलाई स्वबियु निर्वाचन जिताउन देशब्यापी रणनैतिक अभियान सन्चालन गर्ने निर्णय गर्दछ ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व सहमहामन्त्री बलदेव तिमिल्सिनाले स्वबियु निर्वाचन अपरिहार्य भन्दै सम्पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । नेता बिपिन अधिकारीले स्वबियु निर्वाचनको गरिमा बुझ्न सबैलाई आग्रह गर्नुभयो । पुर्व केन्द्रिय सदस्य सुशील भट्टले स्वबियु निर्वाचन सम्पन्न गर्न जस्तो सुकै मूल्य चुकाउन परेपनी पछि नहट्ने बताउदै स्बबियु निर्वाचन केन्द्रित कार्यक्रमहरु लिएर देशभरीनै स्बबियु हुने क्याम्पसहरुमा नेबि संघ अगाडी बढने भट्टले बताउनुभयो । अर्का केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेलले हाम्रो गौरवका रुपमा रहेको स्वबियु निर्वाचनलाई ऐतिहासिक पर्वका रुपमा लिने बताउनु भयो ।

स्बबियु निर्वाचन कार्यतालिका चाडोभन्दा चाडो ल्याउन दबाब दिनुको बिकल्प नरहेको नेबि सघका प्रभाबशाली नेता निरन्जन थापाले बताउनु भयो । त्रिभुवन विश्वविधालय समिति सचिव योगेन्द्र रावलले नेबि संघ ले जितको सुरुवात त्रिभुवन विश्वविधालयबाट गर्ने उद्द्घोष गर्दै ९५% क्याम्पस जित्ने निर्णय गरेको अनेरास्ववियुलाई त्रिभुवन विश्वविधालय जितेर देखाउन चुनौती दिनुभयो ।

छलफल कार्यक्रममा ने बि संघ पुर्व सह महामन्त्री बलदेव तिमिल्सेना, पुर्व केन्द्रिय सदस्य सुशील भट्ट, रत्नहरी ढुङ्गेल, धादिङ जिल्ला अध्यक्ष ईश्वर अधिकारी, निराजन थापा, कुमार दुलाल, शशांक श्री न्यौपाने, सुवास घिमिरे लगाएतको उपस्थिति थियो । उपत्यका भित्र र बहिरका ईकाई अध्यक्ष एवम् पदाधिकारीको सहभागीता रहेको थियो ।

त्यसैगरी त्रिचन्द्र क्याम्पसबाट दिनेश शाही, शंकर देब क्याम्पसबाट दिपक ओझा, महेन्द्र रत्न क्याम्पसबाट कमल पन्त, ग्रामिण क्याम्पस बाट सन्तोष गुरुङ, किरण भट्टराई, प्रबिन गुरुङ, पद्मकन्या क्याम्पसबाट सैलेजा पुन, नेपाल ल क्याम्पसबाट हृदय राज मिश्र, विश्व भाषा क्याम्पसबाट रन्जित ओलि, आयुर्वेद क्याम्पसबाट नरेश ईटली, बिष्णु चापागाईं, नेपाल कमर्श क्याम्पस बानेश्वरबाट बिष्णु हरि खड्का, रुपन्देही हरैया क्याम्पस स्वबियु सभापति प्रकाश पौडेल, डोटि बहुमुखी क्याम्पस स्वबियु सभापति बालकृष्ण शावद, चौतारा बहुमुखी क्याम्पसका अध्यक्ष अनिल सापकोटा, रौतहट बहुमुखी क्याम्पस स्वबियु सचिब सन्तोष जैसवाल, फुलवारी बहुमुखी क्याम्पस कैलालीबाट हिकमत गिरी, भिम खतिवडा, निलकन्ठ बहुमुखी क्याम्पसबाट महेन्द्र तामाङ, त्रि बि उपाध्यक्ष रोहन महतरा, लक्ष्मी खनाल, अनोज कार्की लगायत नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया