२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

मोबाइल,ल्यापटप जस्ता ग्याजेट्सको प्रयोगले बढाउँछ नसा रोग

5404 Shares
Spread the love

काठमाडौं– लामो समय एउटै अवस्थामा मोबाइल, कम्प्युटर लगायतका ग्याजेट्सको प्रयोगले माइग्रेन्ट रोग निम्तने खतरा हुने चिकित्सकले बताएका छन् । लामो समय एउटै पोजिसनमा बसेर ग्याजेट चलाउँदा वा टेलिभिजन हेर्दे ढाड दुख्ने, गर्धन दुख्ने जस्ता समस्याहरु आउने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका न्यूरो विभाग प्रमुख डा. रागेश कर्ण बताउँछन्।

डा. कर्णका अनुसार मोबाइल,ल्यापटप जस्ता ग्याजेट्सबाट निरन्तर निस्कने विकिरणले मानिसलाइ एकोहोरो बनाउँछ। त्यस्ता किरणबाट फोटो सेन्सेटिभ एपिलेप्सी हुने जसले मानिसलाई एकोहोरो बनाउने र विभिन्न नसा सम्बन्धी रोग पैदा गर्ने गर्छन्।

‘लामो समयसम्म प्रकाशमा हेरिरहँदा ढाड, घाँटी, शरीरका अन्य भागहरु दुख्ने र फोटो सेन्सेटिभ एपिलेप्सी हुन्छ। प्रकाशका कारण एकोहोरो हुने र माइग्रेन्ट, छारे रोग एवं अन्य नसा सम्बन्धी रोग समेत निम्तन्छन’ उनले भने।लामो समयसम्म ‘टेबल वर्क’ गर्ने र बिना व्यायामको जीवन शैली अपनाउँदा नसा सम्बन्धी रोगको जोखिम हुने गर्छ ।

प्रतिक्रिया