२०८३, ८ कार्तिक शनिबार
×

अमेरिकाको गालामा थप्पड हान्यौं: इरानी सर्वोच्च नेता खामेनी

1176 Shares

स्थानीय समयअनुसार बुधबार बिहान देशका नाममा सम्बोधन गर्दै खामेनीले मंगलबार मध्यरातमा इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइलबाट हमला गरिएको बताए । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले मिसाइल आक्रमण गरेर अमेरिकाको गालामा थप्पड हानेको बताएका छन् ।

‘हिजो राति मिसाइल आक्रमण गरेर हामीले उनीहरूको गालामा थप्पड हान्यौं। तर सैन्य कारबाहीमात्रले पुग्दैन,’ खामेनीले भने।

उनले मध्यपूर्वमा भ्रष्ट अमेरिकाको उपस्थिति अन्त्य हुनु पर्ने बताए। ‘अमेरिका यहाँ आएर युद्ध, विभाजन र ध्वंशलाई बढावा दिइरहेको छ,’ उनले भने। खामेनी गत शुक्रबार बग्दाद विमानस्थल नजिकै अमेरिकी ड्रोन आक्रमणमा मारिएका सैनिक कमाण्डर कासिम सुलेमानीको प्रशंसा पनि गरे।

‘सुलेमानी महान् र बहादुर लडाकु थिए। र उनी हाम्रा परम मित्र थिए,’ खामेनीले भने। इरानले हानेका १५ मिसाइलले अमेरिकी सैन्य अड्डामा कति क्षति भयो भन्ने स्वतन्त्र पुष्टी हुन सकेको छैन। इरानी सरकारी सञ्चारमाध्यमले सैनिक स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दाबी गरेका छन्।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म कुनै क्षति नभएको बताएका छन्।

प्रतिक्रिया