२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

पर्यटनमन्त्री भट्टराईको अष्ट्रेलिया भ्रमण विवादमा, फिर्ता बोलाउन काँग्रेस नेतृ सुजाताको माग

903 Shares
Spread the love

काठमाडौं। नेपला भ्रमण वर्षको प्रचारका लागि अष्ट्रेलिया पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अष्ट्रेलिया भ्रमण विवादमा परेको छ। मन्त्री भट्टराई यही पुस १९ गते अष्ट्रेलिया प्रस्थान गरेका थिए।

अष्ट्रेलिया यतिबेला आगलागीबाट पीडित छ। डढेलोका कारण अष्ट्रेलियामा जनजीवन नै अस्थव्यस्थ छ। केही राज्यहरुमा संकटल घोषणा गरिएको छ। हालसम्म २४ जना मानिसको मृत्यु भइसकेको छ भने करिब ५० करोड पशुपंक्षी जलेर मरेको बताइएको छ। अष्ट्रेलियामा मानवीय संवेदनाका दुःखद् घटना भइरहेका बेला पर्यटनमन्त्री भट्टराई भने नेपाल भ्रमण वर्षको प्रचारका लागि त्यहाँ पुगेका छन्।

सिड्नीमा पर्यटनमन्त्री भट्टराई र अष्ट्रेलियाको न्यू साउथ वल्सका सभामुख जोनथान ओडिएले संयुक्त रुपमा भिजिट नेपाल २०२० को उद्घाटन गरेका छन्।

यता नेपाली काँग्रेसले भने अष्ट्रेलिया दुःखद् घटनाबाट गुज्रिरहेका बेला मन्त्री भट्टराई भने भ्रमण वर्षको कार्यक्रम लिएर अष्ट्रेलिया पुगेको भन्दै आपत्ति जनाएको छ। काँग्रेस नेतृ सुजाता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर विरोध जनाएकी छन्। उनले मन्त्री भट्टराईलाई तत्काल नेपाल फिर्ता बोलाउनसमेत माग गरेकी छन्।

उनले भनेकी छन्, ‘अष्ट्रेलियाका जनता यस्ते पीडामा छन्, मलाई दुःखी बनाएके छ, यस्तो बेला हाम्रा पर्यटनमन्त्र पर्यटन वर्षको अभियान लिएर त्यहाँ पुगेका छन्। म मन्त्री भट्टराईलाई तत्काल नेपाल फिर्ता बोलाउन माग गर्छु।’

no text yogesh

अष्ट्रेलिया डढेलोले पुगेको क्षतिप्रति नेपाल सरकारले समेत दुःख व्यक्त गर्दै सोमबार समवेदना पत्र पठाइसकेको छ।

प्रतिक्रिया