२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले लगायो उम्मेदवारको टुंगो, नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्ने

1084 Shares
Spread the love

काठमाडौं, पुस १८। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातै प्रदेशबाट राष्ट्रियसभाका लागि उम्मेद्वारहरुको टुंगो लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् ।

प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल छन् ।

गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार छन् ।

यस्तै प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा महिलाबाट शारदा भट्ट  र अन्यबाट तारामान स्वांरलाईको नाम सिफारिस गरिएको छ ।

सचिवालय बैठकमा सभामुख चयनको विषयमा छलफल भए पनि निर्णय भएको छैन्  ।

प्रतिक्रिया