२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सूचना प्रविधि विधेयक संविधानविपरीत : बडू

1690 Shares
Spread the love

कन्चनपुर, पुस १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं सांसद दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले ल्याएका विधेयक संविधानको भावनाविपरीत भएको आरोप लगाएका छन् ।

बिहीबार महेन्द्रनगरस्थित आफ्नै निवासमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले संविधानले दिएको वाक स्वतन्त्रतालाई कुन्ठित गर्नेगरी सरकारले ल्याएको सूचना प्रविधि विधेयक संविधानविपरीत भएको बताए ।

एकलौटी ढंगले कार्यतालिका आउँदा विवाद

कांग्रेसभित्रको विवादका विषयमा महाधिवेशनको एजेन्डा बनाउँदा पार्टीभित्र छलफल गरेर बनाउनुपर्नेमा एकलौटी ढंगले कार्यतालिका आउँदा विवाद उत्पन्न भएको जिकिर उनले गरे ।

महाधिवेशनले पार्टीलाई व्यवस्थित गर्ने भन्दै उनले सहमतिकै आधारमा पार्टीको महाधिवेधन टुंगिने बताए ।

प्रतिक्रिया