२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

आजको केन्द्रीय समिति बैठक पौडेल पक्षले बहिष्कार गर्ने, सभापतिसँग क्रुद्ध

940 Shares
Spread the love

काठमाडौं, पुस १७ । नेपाली कांग्रेसको केन्द्रीय समिति आज बस्दै छ । राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न अपराह्न बैठक बोलाइएको हो ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार बहिष्कार गर्दै आएपछि केन्द्रीय समितिको बैठक पटक–पटक सर्दै आएको छ ।

यस अघिको बैठकमा संस्थापन पक्षले बहुमतको आधारमा महाधिवेशनको मिति र विभागहरु गठन गरेको भन्दै पौडेल पक्ष क्रुद्ध बनेको छ । 

पौडेल पक्षले आफुहरुसँग कुनै सल्लाह नै नगरि महाधिवेशनको मिति तोकेको भन्दै नसच्याएसम्म केन्द्रीय समिति बैठकमा नजाने अडान लिएको छ ।

हिजो मात्रै सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठकमा पौडेल पक्ष अनुपस्थित रह्यो । पौडेल पक्षले आजका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने जनाएको छ ।

विभाग गठन, महाधिवेशनको मिति, नेविसंघ र तरुण दलको विवाद समाधान गर्न दुबै पक्षले वार्ता टोली नै बनाएर छलफल गरेपनि सहमति जुट्न सकेको छैन । 

प्रतिक्रिया