२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मिति तय, पौडेल र सिटौला पक्षद्वारा बैठक बहिष्कार

3733 Shares
Spread the love

काठमाडौंः नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएको छ ।

शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बहिस्कार पछि पनि बसेको बैठकले २०७७ साल फल्गुणमा महाधिबेशन गर्ने मिति तय गरेको छ ।

तय गरिएको मिति अनुसार २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म महाधिवेशन हुने छ । महाधिवेशन काठमाडौंमा हुनेछ ।

 केन्द्रीय सदस्य सिता गुरुङले महाधिवेशनको मिति तय गरिएको जानकारी दिईन् । उनले भनिन् ‘आजको बैठकले महाधिवेशनको मिति तय गरेको छ जस अनुसार आगामी २०७७ साल फागुन ७ प्रजातन्त्र दिवसको अवसर अधिवेशन सुरु हुन्छ छ ।’

यस्तै, बैठकले भ्रातृ संगठन नेपाल तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय पनि गरेको छ। तरुण दलको म्याद गत कात्तिकमै सकिएको थियो । केन्द्रीय समिति बैठकमा २८ बाट बढाएर ४१ विभाग गठन गर्ने सभापति शेरबहादुर देउवाले प्रस्ताव पनि पारित भएको छ ।

मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको थियो ।

२६ गतेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले समुहले बैठक बहिस्कार गरेपछि बसेको यो बैठकमा निर्णय गर्दा पनि वरिष्ठ नेता पौडेल र सिटौला पक्षधर नेताहरु भने सहभागी थिएनन्।

प्रतिक्रिया