२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

धर्म संस्कृतिमाथि प्रहार गरेर धार्मिक आतंक फैलाउन खोजियो: सभापति देउवा

672 Shares
Spread the love

बाग्लुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको मौलिक धर्म संस्कृतिमाथि प्रहार गरेर धार्मिक आतंक फैलाउन खोजिएको दाबी गरेका छन् ।

बाग्लुङको कुँडुलेमा श्रीधराचार्य शालिग्राम संग्रहालयको आज(आइतबार) उद्घाटन गर्दै देउवाले पश्चिमा धर्मको प्रभावबाट मौलिक संस्कृति तथा सनातन हिन्दू धर्मलाई संकटमा पार्ने काम भईरहेको छ भने ।

अनेकखालका प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने क्रम बढेकोमा चिन्ता ब्यक्त गर्दै उनले वैदिक धर्म संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कालिगण्डकीको अवैध दोहनले लोप हुने अवस्थामा पुगको शालीग्राम संरक्षणका लागि संग्रहालय निर्माण गरिनु सराहानिय काम हो भने ।

बाग्लुङको कुँडुलेमा झण्डै ६ करोड रुपैयाँको लागतमा शालिग्राम संग्रहालय निर्माण गरिएको छ । यस संग्रहालयमा सवा लाख शालिग्राम राखिएको छ भने विभिन्न धामहरुको झल्को दिने गरेर निर्माण समेत गरिएको छ ।

प्रतिक्रिया