२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

काठमाडौं – ३ संघीय प्रदेश सांसदकाे शुभकामना कार्यक्रम सम्पन्न

846 Shares
Spread the love

मंसिर २२, काठमाडौँ । संघीय संरचनापछि प्राप्ति पहिलो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई र प्रदेस सभा सदस्य रामेश्वर फुयाँलले आफ्नो क्षेत्रका जनतालाई शुभकामना आदानप्रदान गरेको छ ।

बौद्ध स्थित बाग्मतिनगरमा आयोजीत उक्त कार्यक्रममा नेकपा कार्यकर्ता तथा आम नागरिक र जनप्रतिनिधिबीच सम्बन्ध नविकरणको रुपमा लिइएको छ । कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य कृष्ण राईले जनताको माया र सदभावले आफु सेवकको रुपमा काम गर्ने अवसर पाएको बताएका छन् । उनले आफु निर्वाचित भएर आएपछि गरेका विकास निर्माणका योजना तथा विभिन्न चुनौतिकका बारेमा स्पष्ट पारे । जनताको सेवकको रुपमा काम गर्दा चुनौतिहरु सामाना गर्नुपरे पनि क्षेत्रको विकासका पक्षमा आएको समस्याहरुलाई हल गर्दै लैजाने बताए ।

त्यस्तै प्रदेश सभा सदस्य रामेश्वर फुयाँलले पनि जनताको अमूल्य मतले आफु विजयी भएको दिनलाई अविश्मरण गराउँदै सम्पूर्ण मतदाता तथा नेताकार्यतालाई धन्यवाद व्यक्त गरे । सांसद फुयाँलले आफू विकासका पक्षमा कुनै सम्झौता नगरी अघि बढ्ने बताए । अवको समय आर्थिक समृद्धि सामाजिक परिवर्तनको रहेको उल्लेख गर्दै विकास निर्माणमा सबै जनताले साथ दिन आग्रह गरे ।

कार्यक्रमका व्यवस्थापन पक्षमा भने डा बिदुर चालिसेको संयोजकत्वमा मञ्च चन्द्र मान लामा, हरिकृष्ण श्रेष्ठ र विश्व राज श्रेष्ठले गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम् प्रदेशसभा सदस्य नाराण सिलवाल, केन्द्रिय सदस्यहरु सावित्रा भुषाल, विश्वनाथ प्याकुरेल, कृष्ण केसी ,हिमाल शर्मा सहित स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया