२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न हतार गर्नहुँदैन : नेकपाका अध्यक्ष दाहाल

783 Shares
Spread the love

कैलाली, मंसिर १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वार्ता र छलफलबाटै सीमा विवाद हल गर्नुपर्ने दोहोर्‍याएका छन् ।

बिहीबार धनगढीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र छलफलबाटै सीमा विवाद अन्त्य हुने भएकाले अन्तर्राष्ट्रियकरण गर्न हतार गर्न नहुने बताए ।

‘हामीले पहिला राजनीतिक र कूटनीतिक पहल गरेर संवादबाट यो समस्या समाधान गर्ने कोसिस गर्नुपर्छ । अहिले सुरुमा नै अन्तर्राष्ट्रियकरण गर्ने भन्यो भने यो समस्या झन् जटिल हुनसक्छ’–उनले भने ।

सरकारले सर्वपक्षीय बैठकमार्फत् राष्ट्रिय धारणा बनाइ भारतलाई राजनीतिक र कूटनीतिक पहलबाट सीमा विवाद समाधान गर्ने विषयमा पत्र पठाइसकिएको उल्लेख उनले उल्लेख गरे ।

‘सरकारले एउटा पत्र भारतलाई पठाएको छ, परराष्ट्र मन्त्रालयमार्फत्’–उनले भने–‘सायद, त्यसको उत्तर आइसकेको छैन ।’

श्यामशरणको वक्तव्य अनुचित

अध्यक्ष दाहालले नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरणले सीमाका विषयलाई राजनीतिकरण गर्न नहुने भनी दिएको वक्तव्य उचित नभएको टिप्पणीसमेत गरे ।

फरक प्रसंगमा उनले कूटनीतिक कारणले नभइ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण आफ्नो चीन भ्रमण तत्काललाई स्थगित गरेको बताए ।

प्रतिक्रिया